भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छः महासभा अध्यक्ष

संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छः महासभा अध्यक्ष

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राख्नु भएको छ।
महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।
महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताउनु भएको हो ।

लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसंघले विश्वभर उत्कुष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु । म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु। उहाँले भन्नुभयो ।
विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघका सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.