भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसारकै सबैभन्दा ठुलो इन्टरनल हार्ड डिस्क ड्राइभ आउँदै, यस्तो छ स्टोरेज क्षेमता

संसारकै सबैभन्दा ठुलो इन्टरनल हार्ड डिस्क ड्राइभ आउँदै, यस्तो छ स्टोरेज क्षेमता

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो हार्ड डिस्क ड्राइभ एक्जोस २० प्लस आउँदो डिसेम्बरमा सार्वजनिक हुदैछ । अमेरिकी डेटा स्टोरेज कम्पनी सिगेट टेक्नोलोजीले डेटा स्पेयर २०२० कन्फ्रेन्सको उद्घाटन गर्दै यस्तो घोषणा गरेको हो ।

यो इन्टरनल हार्ड डिस्क ड्राइभमा पहिलो एचडीडी, एचएएमआर प्रविधि र एमएसीएच टू अक्युएटर प्रविधिको प्रयोग हुनेछ । एसएलए पर्फर्मेन्स मेन्टेन गरी स्टोरेज क्षमता ५० टीबीसम्म विस्तार गर्न सकिने गरी यसको डिजाइन गरिएको छ । सिगेटका सीईओ डेभ मोसलेले दुई वटा रोचक स्लाइड प्रस्तुत गर्दै पहिलो स्लाइडमा आठ टीबीको तुलनामा १८ टीबीमा एक पीबी स्टोर गर्दा टीसीओ एक तिहाई बच्ने देखिएको थियो ।

दोस्रोमा ५० टीबी भर्सनको तुलनामा २० टीबी एचएएमआर प्रयोग गर्दा प्रति पीबीका लागि पर्न जाने मुल्य समेत तुलना गरेर देखाइएको थियो । त्यसक्रममा हाइपरस्केलरको माध्यमबाट शक्तिशाली क्षमता भएको हार्डड्राइभ तीव्र अनि निरन्तर रुपमा प्रयोग गर्दा प्राप्त हुने दीगो लागत उपादेयता समेत प्रस्तुत गरिएको थियो ।

सिगेटले सफ्टवेयरमा आधारित स्टोरेज प्लेटफर्मको रुपमा एउटा ओपन सोर्स एस थ्री कम्प्याटिबल कोरटीएक्स यस अघि नै सार्वजनिक गरिसकेको छ । जसमा प्रति र्‍याक नोडमा १०६ ड्राइभ डेलिभर गर्न सक्ने लेभी ड्राइभ नामक रेफरल आर्किटेक्चर र्‍याक समेत रहेको छ । सेप्टेम्बरको सुरुवातसँगै सिगेट र डब्लुडी दुवैले सीएमआर र पीएमआर प्रविधिमा आधारित १८ टीबी हार्ड डिस्क ड्राइभ सार्वजनिक गरेका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.