भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बागलुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

बागलुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

बलेवा, । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ । दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्याक्रिया गरेको हो । पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ले डा.आचार्यले बताए ।

शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । “दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन”, उनले भने, “यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ ।”शल्यक्रियामा डा. केशव आचार्य, डा. सजिन कुँवर, डा. प्रज्ज्वल पौडेल, डा. गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थियो ।

“हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएन्”, डा. आचार्यले भने, “नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो ।” यसकोे सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उनले बताए । धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौँ जाने झन्झट कम हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.