भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बागलुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

बागलुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया

बलेवा, । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ । दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्याक्रिया गरेको हो । पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ले डा.आचार्यले बताए ।

शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । “दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन”, उनले भने, “यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ ।”शल्यक्रियामा डा. केशव आचार्य, डा. सजिन कुँवर, डा. प्रज्ज्वल पौडेल, डा. गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थियो ।

“हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएन्”, डा. आचार्यले भने, “नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो ।” यसकोे सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उनले बताए । धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौँ जाने झन्झट कम हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.