भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

सचिवका लागि तीन जनाको नाम बढुवामा सिफारिस

सचिवका लागि तीन जनाको नाम बढुवामा सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठताका आधारमा सहसचिवहरू मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डेको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका तीन मध्ये एक जनालाई अबको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन् । यस्तै रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखामा र पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.