भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ ।कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ । सहरी समुदायको स्वास्थ्यमा अनौपचारिक क्षेत्रका सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

केन्द्रमा एक डाक्टर, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । प्रवक्ता डङ्गोलले केन्द्र सञ्चालनका लागि समन्वय समिति तथा रणनीतिक र व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो । क्लिनिकमा ओपिडी सेवा र औषधि निःशुल्क हुनेछ । प्रयोगशाला सेवा भने सहुलियत शुल्कमा उपलब्ध हुनेछ । यसमा पनि सरसफाइजस्तो जोखिममा काम गर्ने व्यक्तिहरुका लागि थप छुटको व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.