भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ ।कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ । सहरी समुदायको स्वास्थ्यमा अनौपचारिक क्षेत्रका सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

केन्द्रमा एक डाक्टर, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, एक ल्याब असिस्टेन्ट र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । प्रवक्ता डङ्गोलले केन्द्र सञ्चालनका लागि समन्वय समिति तथा रणनीतिक र व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो । क्लिनिकमा ओपिडी सेवा र औषधि निःशुल्क हुनेछ । प्रयोगशाला सेवा भने सहुलियत शुल्कमा उपलब्ध हुनेछ । यसमा पनि सरसफाइजस्तो जोखिममा काम गर्ने व्यक्तिहरुका लागि थप छुटको व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.