भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैनः मन्त्री रमा घर्ती

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैनः मन्त्री रमा घर्ती

पाल्पा । सबैको साझा सहयोग र सहकार्यले मात्र लैङ्गिक हिंसा अत्य हुन्छ । लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताएकी छिन् ।

मन्त्री घर्तीले सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य नहुने बताउँदै घरभित्रै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले नागरिक, सरोकारवाला एक जुट हुनुपर्ने बताइन् ।कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले विभेद अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताइन् ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताइन् ।

नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य गर्न सरकारले नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले बताए ।

 


Thali Mobile Pvt.Ltd.