भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैनः मन्त्री रमा घर्ती

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य हुँदैनः मन्त्री रमा घर्ती

पाल्पा । सबैको साझा सहयोग र सहकार्यले मात्र लैङ्गिक हिंसा अत्य हुन्छ । लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताएकी छिन् ।

मन्त्री घर्तीले सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य नहुने बताउँदै घरभित्रै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले नागरिक, सरोकारवाला एक जुट हुनुपर्ने बताइन् ।कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले विभेद अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताइन् ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताइन् ।

नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य गर्न सरकारले नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले बताए ।

 


Thali Mobile Pvt.Ltd.