भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौँ । मनाङ मस्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ ।

मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक÷एक गोल गरे । अफिजले खेलको पहिलो हाफमा गोल गरे भने दिनेशले खेलको दोस्रो हाफमा गोल गरे ।खेलको ४१औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले कप्तान अञ्जन विष्टले दिएको क्रस बललाई हेडरमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ७३ औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गर्दै गोल गरे ।

 


Thali Mobile Pvt.Ltd.