भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सर्पदंशका बिरामी बढे

सर्पदंशका बिरामी बढे

काठमाडौं । बर्खासँगै सर्पदंशका बिरामीको संख्या बढेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १२ जना सम्म सर्पदंशका बिरामी इमर्जेन्सीमा उपचार गर्न पुग्ने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

अन्य मौसममा भन्दा असार र साउनमा सर्पदंशका बिरामी धेरै नै आउँने गरेको उनको भनाइ छ । सर्पदंशका बिरामी अझ बढ्दै जानेसमेत उनले बताए । काठमाडौं आसपासका पहाडी भेगमा देखिने सर्प तराई भेगमा देखिनेको तुलानामा कम विषालु हुने भए पनि सर्पले टोक्नासाथ स्वास्थ्य संस्थामा पुग्नुपर्ने समेत डा. पुनले बताए ।

तराईमा पाइने सर्पले टोक्यो भने मुटु, मस्तिष्क तथा मिर्गौलामा छिटो असर गर्छ भने पहाडी भेगमा पाइने सर्पको टोकाइले शरिरमा रगत जम्ने समस्या धेरै छिटो हुने गरेको उनको भनाइ छ ।

बर्खामा सर्पदंशको जोखिम धेरै हुने भएकाले वरपरको घाँस झारपात काटेर सफा राख्न, घर वरपरका दुलो टाल्ने, राति टर्चलाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन र गोडा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन विज्ञले सुझाव दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.