भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सर्वोच्च अदालतका दुई दर्जन बढिलाई कोरोना संक्रमण

सर्वोच्च अदालतका दुई दर्जन बढिलाई कोरोना संक्रमण

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशसहित दुइ दर्जन बढिलाई कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीश मीरा खड्का,मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने भएको छ ।

नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारीलगायत २० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।

कोरोनाबाट संक्रमित हुने कर्मचारीको संख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेशी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ ।

 


Thali Mobile Pvt.Ltd.