सार्वजनिक यातायात सेवा ठप्प

सार्वजनिक यातायात सेवा ठप्प

घोराही । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् ।

सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका उनीहरुले यातायात सेवा ठप्प पारेका हुन ।

मंगलबार विहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.