भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सासा हाईड्रोमा काम गर्ने युवकको मृत्यु

सासा हाईड्रोमा काम गर्ने युवकको मृत्यु

दोलखा । गौरीशंकर गाउँपालिका– ५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

अर्का एकजना घाइते भएका छन् । मेसिनमा चढेर सुरुङभित्र प्रवेश गर्ने क्रममा ढुंगा खसेर लाग्दा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ का २२ वर्षीय पेम्बाछिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

यस्तै ढुंगा लागेर २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन् । उनको सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सासा हाईड्रोमा कार्यरत उनीहरु दुवैजना मेसिन चढेर सुरुङमा प्रवेश गर्ने क्रममा माथिल्लो क्षेत्रबाट ढुंगा खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.