भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सिन्धुपाल्चोक २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ छ जनाको आवेदन

सिन्धुपाल्चोक २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ छ जनाको आवेदन

सिन्धुपाल्चोक । क्षेत्र नम्बर २ बाट आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि छ जनाको आवेदन परेको छ ।क्षेत्र नं २ कार्यसमितिले आवेदन दिएका छ जनाको नाम जिल्ला, प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति आइतमान तामाङले बताउनुभयो । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ आवेदन दिनेमा पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री विष्णुविक्रम थापा, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि राजु गोर्खाली, इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ, पूर्वउपसभापति शिव सुनार, पूर्वजिल्ला सचिव बिलबहादुर तामाङ र अनुप न्यौपाने हुनुहुन्छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ पूर्वजिल्ला सभापति विकास लामा, सानुमाया हिमालय र जिमी लामाको नाम रहेको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’का लागि प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकामा टङ्क कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भूपेन्द्र थापा र उद्धव बानियाँ हुनुहुन्छ ।
यसैगरी यो प्रदेशमा समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा केशव श्रेष्ठ, भरत खड्का, रीता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दङ्गाल र कमलरत्न दनुवार हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’का लागि प्रत्यक्षतर्फ छ जनाको नाम सिफारिस गरिएको छ । यस प्रदेशमा कृष्णकुमार तामाङ समीर को नाम पहिलो नम्बरमा रहेको छ । यसैगरी यसरी नाम सिफारिस हुनेमा पासाङ दोङ, विष्णु खड्का, मधुसुदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा हुनुहुन्छ ।यस प्रदेशबाट समानुपातिकतर्फबाट भने १६ जनाको नाम सिफारिस भएको छ । सिफारिस भएकामा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नाराणय गिरी हुनुहुन्छ । पार्टीको नीतिअनुसार प्रदेश क्षेत्र र निर्वाचन क्षेत्रले सिफारिस गरेको नामावली आज हुने पार्टीको जिल्ला कार्यसमिति बैठकले छलफल गरी प्रदेश समितिमार्फत केन्द्रीय समितिमा पठाउनेछ ।

 


Thali Mobile Pvt.Ltd.