भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सिमेन्ट उद्योगविरुद्ध प्रदर्शन

सिमेन्ट उद्योगविरुद्ध प्रदर्शन

सिरहा । सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमणसँगै वातावरण प्रदूषण बढेको भन्दै स्थानीयवासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् ।

मारुती सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध गठित सङ्घर्ष समितिको अगुवाइमा स्थानीयवासीले सो उद्योगविरुद्ध प्रदर्शन गरेका हुन् । ‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँधुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सयौँको सङ्ख्यामा ओर्लिएका प्रदर्शनकारीले उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

ती उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयवासीको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.