भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सिरुटार र दधिकोट जोड्ने चरखण्डी पुलको नगर प्रमुुखद्धारा शिलान्यास

सिरुटार र दधिकोट जोड्ने चरखण्डी पुलको नगर प्रमुुखद्धारा शिलान्यास

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ को सिरुटार र वडा नंं को ४ दधिकोट जोड्ने चरखण्डी खोलामा पुल निर्माणको शिलान्यास गरिएको छ ।
नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमकाबीच पुलको शिलान्यास गरेका हुन ।

चारखण्डी खोला पुलको शिलान्यास भएसंगै नगरमा अब पुलको संख्या ५५ पुगेको छ । पुल नहुँदा वर्षातको समयमा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको थियो । नगरपालिकाको ९८ लाख ९७ हजार लागत बजेटमा सो बक्स वृज पुल निर्माण गरिन लागिएको हो ।

पुलको ८.१ मिटर लम्बाई र ८.४ मिटर चौडाई रहेको छ । यही आर्थिक वर्षभित्र पुल निर्माण गरिसक्ने लक्ष्य लिइएको । जनप्रतिनिधि आएपछि सूर्यविनायकमा पर्ने चरखण्डी खोलामा मात्र ६ वटा पुल निर्माण भइसकेको स्थानीयले बताएका छन् ।

सूर्यविनायकमा पछिल्लो ६ वर्षमा साना र ठूला गरि ३५ वटा पुल निर्माण भएको पुल परामर्श दाता रुद्र प्रसाद काफ्लेले बताए । कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, साईट इनिजिनियर र स्थानीय र जनप्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.