भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी एक महिलाको मृत्यु

खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी एक महिलाको मृत्यु

म्याग्दी । बाढीले बगाउँदा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा एक महिलाको ज्यान गएको छ । घटनामा एक जना घाइते भएकी छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगाको पाखापानीमा सोमवार दिउँसो ठूलो पानी परेपछि पानीले बगाएपछि आएको बाढीमा परि महिलाको ज्यान गएको हो ।

सोमवार नाङ्गे जङ्गलको खोल्सामा बाढी आउँदा घाँस काट्न गएकी रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते हुनुभएको छ । उहाँको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.