भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सुरक्षा कारबाहीमा नौकाे मृत्यु

सुरक्षा कारबाहीमा नौकाे मृत्यु

सिन्ह्वा । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ ।

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ । कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने।कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलो मिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रन्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीकाके विषयमा कुनै टिप्पणी गरेको छैनन् ।

 


Thali Mobile Pvt.Ltd.