भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

सुरक्षित रहँदै व्यवसाय गर्न आग्रह

सुरक्षित रहँदै व्यवसाय गर्न आग्रह

कास्की । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो ।

सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायसँग माग गरिएको छ । सङ्घले उद्योग÷व्यवसाय लयमा फर्कँदै गर्दा पुनः ‘मिनी लकडाउन’को अवस्था आउनु निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ ।

“सरकारबाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहाँ पु¥याउँछ थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भइसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ । सङ्कटका बेला उद्योगी÷व्यवसायीमाथि दायित्व थपिने उल्लेख गर्दै सङ्घले सुरक्षित रहँदै बजारलाई गतिशील बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी नीतिअनुरूप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.