भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिन राजनीतिक दलसंग छलफल गर्दै आयोग

स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिन राजनीतिक दलसंग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिन र दलहरुबाट रायसुझाव लिन शुक्रबार विहान दलहरुसंग छलफल गर्दै छ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलले सरकारले बैशाख ३०का लागि निर्वाचन घोषणा भएको करिब एक महिना पुगेको र आयोगले निर्वाचनका लागि गरेका क्रियाकलापहरुबारे दलहरुलाई जानकारी दिने तथा आयोगसंग दलहरुले गरेको अपेक्षाबारे जानकारी लिदैं छलफल तथा अन्तरक्रिया गरिने बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएकोमा ५७ दलले भाग लिएको र निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको छ ।

यस पटकको स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.