भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नुभएको हो । मन्त्री लामाले नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिबद्धता र इमान्दारीका साथ अहोरात्र खटेर सङ्क्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति बिरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

मन्त्री लामाले नर्सको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारमा उल्लेख्य प्रगतिका लागि बिरामीको आत्मबल बढाउन दिइने निरन्तर हौसलाको स्वास्थ्य क्षेत्रमा सधैँ नै आवश्यकता भइरहनेसमेत बताउनुभएको छ ।अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापीरुपमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । ‘नर्स नेतृत्वको लागि एक आवाज –विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिंङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराकासाथ आज विश्वव्यापी पमा मनाइँदैछ ।

 


Thali Mobile Pvt.Ltd.