स्वास्थ्य सहयोग नेपाल भित्रिन थाल्यो

स्वास्थ्य सहयोग नेपाल भित्रिन थाल्यो

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको आह्वानपछि विश्वका विभिन्न मुलुकहरुबाट सहयोग नेपाल भित्रिन थालेको छ । कोरोना (कोभिड–१९) महामारीसँग जुधिरहेको नेपाललाई विभिन्न मित्रराष्ट्रले थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको हो । परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो ।

बुधबार युरोपियन युनियन र स्पेनले नेपाल सरकारलाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपियन युनियन तथा स्पेनका विदेश एवं सहयोग मन्त्रालयका मन्त्री तथा स्पेनका सहयोग मन्त्री अरन्चा गोञ्जालेज लायाबीच बुधबार भएको टेलिफोन वार्तामा सो प्रतिबद्धता आएको हो । सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री नेपाल आइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.