भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

स्वास्थ्य सुरक्षा सामग्री सहयोग

स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गण्डकी । नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ  । निर्देशनालयलाई रु एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु ५० हजार ७८० बराबरको सामग्री प्रदान गरिएको हो । संस्थाका तर्फबाट पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, स्यानिटाइजर, स्यानिटाइजर स्ट्यान्ड, थर्मल गन, साबुन, स्प्रे बोतल, ग्लोब्सलगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयलाई प्रदान गरिएका सामग्री ग्रहणका क्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार व्यक्त गर्दै विषम परिस्थतिको मूल्याङ्कन गरेर नेलम्बोले सहयोग गरेको बताउनुभयो । पहिलो चरणमा विभिन्न सङ्घसंस्थाबाट प्रदेश सरकारलाई रु चार करोड बराबरको सहयोग प्राप्त भएको जानकारी दिँदै उहाँले दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष देवकोटाले सरकार, सङ्घसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने बताउनुभयो । निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको उल्लेख गर्दै उहाँले महामारीविरुद्घ लड्न निर्देशनालयलाई रु १५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गर्नुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने जनाउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने बताउनुभयो । नेलम्बोका कार्यक्रम संयोजक डा किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिँदै संस्थाले आफ्नो स्थापनाको चार वर्षयता शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.