भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

‘हस्पिटालिटी म्यानेजमेन्ट’ अध्ययन सुरु हुने

‘हस्पिटालिटी म्यानेजमेन्ट’ अध्ययन सुरु हुने

काठमाडौँ, । नेपालमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययन अध्यापन हुने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट होमिनले ललितपुरस्थित कुमारीपाटीमा स्नातक तहमा सो विषयको अध्ययन सुरुआत गर्न लागेको हो । होमिनका अध्यक्ष दुर्गादेवी खनालले स्वीट्जरल्याण्डको पाठ्यक्रममा नेपालमा पहिलोपटक स्नातक तहमा सो विषयमा अध्यापन गराउन तयारी सुरु गरिएकोे जानकारी दिए । होमिनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विषेश गरेर पर्यापर्यटन ‘इको टुरिजम’का विषय होमिनको नयाँ पाठ्यक्रम हुने बताए ।

तीनवर्षे स्नातक तहको अध्ययन सुरू गर्न शिक्षा मन्त्रालयसँग अनुमतिका लागि प्रक्रिया सुरु गरेको होमिनका उपाध्यक्ष गोकर्ण खनालले पत्रकार सम्मेलनमा जानकारी दिए। कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी सो तह अध्ययन गर्न योग्य हुने जनाइएको छ । उहाँले भन्नुभयो, “नेपाल, भारत र स्वीट्जरल्याण्डमा अध्यापनसँगै युरोपियन देशका होटलमा कामको अवसर विद्यार्थीले पाउनेछन् ।” भारतको चेन्नइमा रहेको अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट र स्वीट्जरल्याण्डको हस्पिटालिटी जुरिजसँग होमिनको सहकार्र्य रहेको उपाध्यक्ष खनालले बताए ।

उहाँका अनुसार पहिलो वर्षको अध्ययन नेपालमा हुनेछ भने दोस्रो वर्ष भारतको चेन्नइमा हुनेछ । तेस्रो तथा अन्तिम वर्ष स्वीट्जरल्याण्डमा अध्ययन गर्नुपर्ने छ । नेपाल र भारतमा अध्ययन गर्दा विद्यार्थीले पूरै शुल्क तिर्नु पर्नेछ । स्वीट्जरल्याण्डको अध्ययनसँगै हुने ‘इन्टर्नसिप’मा भने रकम पाइने जनाइएको छ । नौ सय घण्टा इन्टर्नसिप गर्दा ३० हजार ‘स्वीस फ्रयाङ्क’ कमाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । “तीनवर्षे कोर्ष पूरा गरेपछि विदेशमा रोजगारीको अवसर विद्यार्थीले पाउनेछन् ” उपाध्यक्ष भन्नुभयो । स्वदेशमा कामको अवसर नहुँदा लाखौँ नेपाली खाडी मुलुकमा पुग्नुपर्ने अवस्था विस्तारै अन्त्य गर्दै राम्रो आम्दानी हुने युरोपियन देशमा जाने वातावरण होमिनले बनाउन लागेको उहाँले दाबि गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.