भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

हाइलक्स जीप दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु

हाइलक्स जीप दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु

काठमाडौं । स्याङ्जा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जातर्फ आउँदै गरेको हाइलक्स जीप स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा दुर्घटना भएको हो । समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको स्याङजा प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा जीपका चालक वालिङ नगरपालिका–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.