भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

१० लाख रोहिंग्या शरणार्थीहरुको ज्यान जोखिममा

१० लाख रोहिंग्या शरणार्थीहरुको ज्यान जोखिममा

एजेन्सी । बंगलादेशका ठूला शरणार्थी शिबिरहरु उच्च जोखिममा रहको विज्ञहरुले चेतावनी दिएका छन् । जलवायु बिज्ञहरुले दक्षिणपुर्वी बंगलादेशको तटीय क्षेत्र कक्स बजार चक्रवात, डढेलो र पहिरोको उच्च जोखिममा रहेको चेतावनी दिएका हुन । हालै आएको मोचा आँधीले कक्स बजार पुर्ण रुपमा ध्वस्त हुँदा त्यहाँका शरणार्थीहरुको अवस्था दयनीय भएको विज्ञहरुले बताएका छन् ।

यही समयमा फेरी आँधी आएको खण्डमा स्थिती झन भयावय हुने भन्दै शरणार्थीहरुको जीवन रक्षाका लागि तत्काल ठोस कदम चाल्नुपर्ने विज्ञहरुले बताएका छन् ।
छिमेकी मुलुक म्यानमारको रखाइन क्षेत्रमा बढी प्रभाव पारेको आँधी बंगलादेश प्रवेश गर्दा कक्स बजारमा मात्रै २१ हजार शरणार्थीहरु प्रभावित भएका थिए । म्यानमारमा सेनाको ज्यादतीका कारण लाखौं रोहिंग्याहरु बंगलादेशमा शरण लिन पुगेका छन् ।

जलवायु न्युनिकरणमा ध्यान नदिए त्यहाँका १० लाख रोहिंग्या शरणार्थीहरुको ज्यान जोखिममा रहेको विज्ञहरुको दाबी छ । जलवायु परिवर्तन र बिकासका लागि अन्तराष्ट्रिय केन्द्रले रोहिंग्या शिविरहरुमा पहिरोको उच्च जोखिम कायम रहेको र चक्रवातको कल्पना दर्दनाक भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.