भर्खरै : Sorry, your browser does not support inline SVG.

१० श्ययाको आइसोलेशन तयार

१० श्ययाको आइसोलेशन तयार

पोखरा । गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिनुभयो ।

गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका सङ्क्रमितका लागि नभई कोभिड देखिएका तर घर वा डेरामा परिवारसहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयार गरिएको हो  कार्यालयमा अहिले १० श्ययासहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारम्भिक औषधि, मास्क, स्यानिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ ।

कार्यालयमै भान्सा र मनोरञ्जनका सामग्रीसमेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिनुभयो । पेट्रोलियम क्षेत्रमा क्रियाशील मजदूर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका सङ्क्रमितलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने उहाँको भनाइ छ । पहिलो चरणमा १० श्यया निर्माण गरिए पनि कार्यालयको क्षमता २० श्ययासम्म राख्न सकिने गरी विस्तार गरिएको र सम्भव भए अक्सिजन सिलिन्डरसमेत व्यवस्था मिलाइने गोगंजुले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.