भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१२ करोड लागतमा खानेपानी आयोजना

१२ करोड लागतमा खानेपानी आयोजना

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकास्थित वडा नं ३ र ४ का बासिन्दा लाभान्वित हुनेगरी १२ करोड लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ । कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको तरंगा खानेपानी तथा सरसफाइ आयोजना शिलान्यास गरिएको हो । तीनवटा स्किमअन्तर्गत निर्माण गरिने उक्त आयोजनाबाट बराहताल गाउँपालिका–३ का आंशिक र वडा नं। ४ का पूरै घरधुरी लाभान्वित हुनेछन् । आयोजनाबाट ८३४ घरधुरीमा निजी धारा जडान गरिने खानेपानी, सिँंचाइ तथा ऊर्जा विकास कार्यालयका इन्जिनियर गोपालप्रसाद उपाध्यायले जानकारी दिए । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद विष्टले वर्षौंदेखि यस क्षेत्रका बासिन्दाले भोग्दै आएको खानेपानी समस्या यस आयोजनाबाट हल हुने बताउँदै आयोजना समयमै पूरा गर्न आफू लागि पर्ने बताए ।

यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आयोजना बनेपछि भेरी नदीको पानी पिउनु पर्ने बाध्यता अन्त्य हुने बताए । प्रदेश सरकारको प्रत्यक्ष लगानीमा बन्न लागेको उक्त आयोजना चालू आव ०७७÷७८ मा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको इन्जिनियर उपाध्यायले जानकारी दिए । साविकको तरंगा गाविस र हाल बराहताल गाउँपालिका–३ र ४ का बासिन्दाले वर्षौं देखि भेरी नदीको पानी पिउँदै आएका छन् । नजिकै मुहान नहुँदा सानो लगानीमा आयोजना बन्न नसक्ने भएपछि भेरीको पानी पिउन बाध्य यहाँका बासिन्दाले आयोजना समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । कारोबारबाट…..

 


Thali Mobile Pvt.Ltd.