एजेन्सी । विश्वको शान्त र खुसी देशका रूपमा चिनिएको डेनमार्कको कोपनहेगनस्थित एक शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिणी कोपनहेगनको फिल्ड्स मलमा स्थानीय समअनुसार आइतबार दिउँसो एक युवकले अचानक बन्दुक चलाएका थिए। २२ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउन थालेपछि मानिसको भागदौड भएको थियो। भागदौडमा परि कैयौँ घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अन्धाधुन्ध गोली चलाउने युवकलाई नियन्त्रणमा लिइसकेको छ भने आक्रमणको कारण थाहा नभए पनि आतंकवादी आक्रमण नभएको प्रहरी प्रमुख सोएरेन थमसनले जानकारी दिएको सञ्चारमाध्यमले जनाइरहेका छन् ।
त्यस्तै त्यहाँका प्रधानमन्त्री म्याट फ्रेडरिक्सनले यस घटनालाई डेनमार्कमाथिको क्रुर आक्रमण भएको प्रतिक्रिया दिएका छन्। ।
