भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

२४ घण्टामा २ लाख ८१ हजार संक्रमित, घट्दैछ भारतमा संक्रमण

२४ घण्टामा २ लाख ८१ हजार संक्रमित, घट्दैछ भारतमा संक्रमण

काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा  दैनिक संक्रमितको दर घट्दो क्रममा छ । एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएका थिए । पछिल्लो २४ घण्टामा  भारतमा २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको वल्डाेमिटरमा उल्लेख छ । याे संख्या आइतबारको तुलनामा करिव ३० हजारले कम हो । आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण रहेकाे थियो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । निको हुनेको संख्या पनि त्यहाँ दैनिक बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४ हजार ९२ संक्रमितको मृत्यु भएको छ ।पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.