भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको गाउँ र नगर वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । सन्न १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार सुरु भएको गाउँ र नगर अधिवेशनमा अन्तरगत ३५ जिल्लामा सम्पन्न भएको हो । अन्य जिल्लाको अधिवेसन भने हुन बाँकी छ । अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

अधिवेशन भएका वडाको मत परीणाम केन्द्रमा आजसम्ममा आइपुग्ने समितिले जनाएको छ । ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन आजदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने पनि समितिले जनाएको छ । यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ तथा नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.