भर्खरै : Sorry, your browser does not support inline SVG.

४९ करोड ७५ लाखको अनुमानित बजेट आठबीस नगरपालिकाद्वारा सार्वजनिक

४९ करोड ७५ लाखको अनुमानित बजेट आठबीस नगरपालिकाद्वारा सार्वजनिक

दैलेख । दैलेखको आठबीस नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ लागि ४९ करोड ७५ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले चालू आर्थिक वर्षका लागि समीक्षा सहित आ.व.०८०र०८१ का लागि रु ४९ करोड ७५ लाख को बजेट उपमेयर कल्पना थापा चन्दले सार्वजनिक गर्नुभएको हो ।

आगामी आर्थिक वर्षमा आन्तरिक आय तर्फ रु १ करोड प्रक्षेपण गरिएको छ। संघीय सरकारको बित्तीय समानिकरण अनुदान रु ९ करोड ७० लाख, संघीय सरकारको बिशेश अनुदान रु ८० लाख संघीय सरकारको समपुरक अनुदान रु ५० लाख, संघीय सरकारको राजस्व वाडफाड मार्फत प्राप्त हुने रकम रु १० करोड ६६ लाख,७५ हजार, संघीय सरकारको सशर्त अनुदान रकम रु २३ करोड १९ लाख, प्रदेश सरकारको बित्तीय समानिकरण अनुदान रु १ करोड १० लाख, प्रदेश सरकारको राजस्व बाडफाडबाट प्राप्त हुने रकम रु ५ लाख प्रदेश सरकारको समपुरक अनुदान रु १ करोड ५० लाख, प्रदेश सरकारको बिशेश अनुदान रु ५० लाख सार्वजनिक गर्नुभयो ।

आय तर्फ प्रक्षेपण गरिएको रकम बमोजिम आगामी आर्थिक बर्षमा चालू तर्फ रु २९ करोड ८५ लाख र पुजिगत तर्फ १९ करोड ९० लाख गरि जम्मा रु ४९ करोड ७५ लाख बिनियोजन भएको छ। आर्थिक विकास क्षेत्रमामा २ करोड ४८ लाख ७५ हजार, सामाजिक विकास क्षेत्रमा ४ करोड ९७ लाख ५० हजार, पुर्वाधार विकास क्षेत्रमा ९ करोड ९५ लाख, सुशासन तथा अन्तर संम्बन्धीतक्षेत्रमा २ करोड ४८ लाख ७५ हजार,कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा रु २९ करोड ८५ लाख रहेको छ।

समृद्ध आठबीस, सुखी आठबीस बासीको दीर्घकालीन लक्ष्य लिएर शिक्षा, स्वास्थ,कृषि ,पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट प्रस्तावित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.