भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट सहित १३ जना विरुद्ध अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७७ र ७८ मा भीमदत्त नगरपालिका भएर बग्ने महाकाली नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीका लागि लगाइएको ठेक्कामा कम कबोल गरी सरकारलाई प्राप्त हुने राजस्व हिनामिना गरेको पाइएकोले मुद्दा दायर गरेको छ ।

महाकालीको नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर विष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको र अख्तियारले हिनामिना भएको राजस्वलाई बिगो कायम गरी दोब्बर जरिबाना र कैद सजाय मागदाबी गरेको छ । अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीविरुद्ध दुई करोड ११ लाख ६५ हजार छ सय आठ रुपैयाँ बिगो दोब्बर जरिबाना र कैद सजायको पनि माग गरेको छ ।

मेयर विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिबाना तथा आठदेखि १० वर्षसम्म कैद सजाय मागदाबी भएको छ । जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रोयल्टी हिनामिना गरेकोमा भवानी कन्स्ट्रक्शनका सञ्चालकहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

राजस्व छुटका लागि गठित कार्यदल संयोजक तथा सदस्यहरू वडा नम्बर १७ का अध्यक्ष चन्द, प्रशासकीय अधिकृत धामी र शाखा अधिकृत शाह तथा राजस्व छुट कार्यदलका सदस्य इन्जिनियर ऐर र सम्झौतामा साक्षी बस्ने उपाध्यायविरुद्ध छुट्टाछुट्टै सजाय मागदाबी भएको छ ।

 


Thali Mobile Pvt.Ltd.