भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

४, ६३६ सङ्क्रमित थपिए

४, ६३६ सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ ।पछिल्लो समय थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार तीन पुगेको छ ।सङ्क्रमणमुक्त हुनेदर ९६।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । हालसम्म ११ हजार ६१७ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासीपूर्व, बाँके र रुपन्देही रहेका छन् । नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ ।हाल होमआइसोलेशनमा २० हजार ५३६, संस्थागत आइसोलेशनमा एक हजार ४८, आइसीयूमा ११९ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

चार लाख बढीले लगाए खोप

विगत २४ घण्टामा चार लाख ३५ हजार १९३ जनाले खोप लगाएका छन् । हालसम्म पहिलो मात्रा एक करोड ५८ लाख १४ हजार ३८३ र पूर्णमात्रा एक करोड २० लाख ९९ हजार ८०५ जनाले लगाइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.