भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

५ घण्टा काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने प्राधिकरणको सूचना

५ घण्टा काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने प्राधिकरणको सूचना

काठमाण्डौ । शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले ५ घण्टा बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयअगाडि नै काम सम्पन्न भए बिजुली नियमित हुने पनि जनाएको छ ।

बाफल, बुडाथोकी कोल्डस्टोर, सिबिल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्र, त्यस्तै, ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड क्षेत्रमा पनि विद्युत् अवरूद्ध हुनेछ । सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुनेछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति नहुने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.