भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

५ घण्टा काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने प्राधिकरणको सूचना

५ घण्टा काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने प्राधिकरणको सूचना

काठमाण्डौ । शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले ५ घण्टा बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयअगाडि नै काम सम्पन्न भए बिजुली नियमित हुने पनि जनाएको छ ।

बाफल, बुडाथोकी कोल्डस्टोर, सिबिल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्र, त्यस्तै, ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड क्षेत्रमा पनि विद्युत् अवरूद्ध हुनेछ । सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुनेछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति नहुने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.