भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो |

पेट्रोल ढुवानीमा ट्यांक ट्रक लकिङ सुरु

पेट्रोल ढुवानीमा ट्यांक ट्रक लकिङ सुरु

काठमाडौं । ट्यांक ट्रक लकिङको सुरुवात भएको छ । नेपाल आयल निगमले अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको उद्घाटन गरेका हुन ।

हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भएर अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ । ट्यांकट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो ।

सबै पेट्रोल पम्पमा ढुवानी हुने ट्यांक ट्रकमा लकिङ सिस्टम केहि दिन मै सम्पन्न हुने बताइएको छ । ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले विश्वास व्यक्त गरेका हुन ।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांक ट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ साउन १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टमअनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आईरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.