भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

९ वर्षयताकै कमजोर विन्दुमा अन्तर्राष्ट्रिय ब्यापार

९ वर्षयताकै कमजोर विन्दुमा अन्तर्राष्ट्रिय ब्यापार

काठमाडौं । अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७ र ६८ पछि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको हो ।

गत आर्थिक वर्ष मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ तथ्यांकले देखाएको छ ।  व्यापार घट्दा रोजगारी, राजस्व र उपभोगमात्र होइन मुलुकको आर्थिक वृद्धिलाई समेत असर पर्ने विज्ञहरुको तर्क छ । कारोना महामारीका कारण गत आर्थिक वर्षको ५ महिना अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको र अहिले पनि यो समस्या ज्यूँका त्यूँ रहेको विज्ञहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय ब्यापार गत वर्ष जीडीपीको ३४.४ प्रतिशतमा झरेको थियो । यो २०५० सालपछि तेस्रो न्यूनतम विन्दु समेत मानिएको छ । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय ब्यापार ४३.८ प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो भने यसरी व्यापार घट्दा समग्र आर्थिक गतिविधिमा नै असर पर्ने ज्ञिहरुको भनाई छ ।

आयात गर्नुपर्ने सामान नेपालमै उत्पादन गरेर आयात घटेको भए अर्थतन्त्रलाई फाइदा पुग्ने भएपनि अहिले उद्योग नचलाउने, सपिङ नगर्ने, घरबाट बाहिर ननिस्कने गरेर आयात घटेको देखिएको विज्ञहरुको कथन छ ।

 

 


Thali Mobile Pvt.Ltd.