भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पाकिस्तानमा बाढी र पहिरोले ३४० जनाको मृत्यु

पाकिस्तानमा बाढी र पहिरोले ३४० जनाको मृत्यु

काठमाडौं, १ भदौ । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ ३ सय २८ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । त्यसबाहेक पाकिस्तान अधिनस्थ जम्मु-कश्मीरमा ११ र गिलगित-बलिस्तान क्षेत्रमा १२ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । उद्धार कार्यमा २ हजारभन्दा बढी व्यक्ति खटिएका छन् र उद्दार जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा ६ सय टन खाद्यान्न पठाएको छ । सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाले यस घटना ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् ।

यसैबीच उद्धारमा प्रयोग भइरहेको प्रान्तीय सरकारको हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् । पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षाको चेतावनी दिएको छ र जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारले शनिबार देशव्यापी शोकको घोषणा गरेको थियाे भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ । मृतकलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने पाकिस्तान सरकारले जनाएको छ ।

जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता  घटनाहरू बढ्दो क्रममा छन् । यस वर्षको असामान्य मनसुनले अहिलेसम्म ५ सयभन्दा बढीको ज्यान लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.