भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

१३ वर्षीय किशोरको न्युयोर्कमा गोली हानी हत्या

१३ वर्षीय किशोरको न्युयोर्कमा गोली हानी हत्या

एजेन्सी । एक किशोरलाई न्युयोर्कका एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका छन्। प्रहरीकाअनुसार ती किशोरले हतियार देखाएपछि एक अधिकारीले उनलाई गोली हानेका हुन्। उनको स्थानीय अस्पतालमा लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान गरेको किशोरलाई शुक्रबार रोकेपछि उनी भागेका थिए। प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएको प्रहरीको दाबी रहेको छ। युटिकाका मेयर माइकल पी ग्यालिमेले पुलिस ब्रिफिङपछि दोभाषेको सहयोगमा परिवारका सदस्यहरूसँग कुरा गर्ने प्रयास गर्दा किशोरकी आमा विचलित देखिइएको जनाएको छ ।

अमेरिकी मिडियाले उक्त किशोरको परिवार म्यानमारबाट आएका शरणार्थी भएको बताएको छ। प्रहरी अधिकारीले १३ वर्षीय किशोरलाई किन रोके भन्ने कुनै कारण खुलाइएको छैन। प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत संलग्न अधिकारी र किशोरको नाम खुलाइएको छैन।

 


Thali Mobile Pvt.Ltd.