भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

कोरोना संक्रमणबाट नगरपालिका मेयरको मृत्यु

कोरोना संक्रमणबाट नगरपालिका मेयरको मृत्यु

कोरोना संक्रमणका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको छ। मेयर भ्यालोटीको संक्रमणकै कारण मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। क्सोमा अत्यधिक संक्रमण भएपछि शुक्रबार उनको मृत्यु भएको हो । यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ।

कोरोना भाइरसको संक्रमण १ सय ५७ देशमा फैलिएको छ। चीनको वुहानबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.