भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नक्कली नोटसहित दाङमा ४ जना पक्राउ

नक्कली नोटसहित दाङमा ४ जना पक्राउ

दाङ । नक्कली नोटसहित दाङमा ४ जना पक्राउ परेका छन् । उनीहरूलाई एक हजारका १२ वटा नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन बिक, तुलसीपुर ९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घरभइ हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिसिर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिइ चेकचाँज गर्दा एक हजारका १२ वटा नोट फेला पारेको प्रहरीले जनाएको छ। उनीहरूलाई इप्रका तुलसीपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तुलसीपुर ९ बेलुवा र तुलसीपुर ५ बसपार्क पीपलबोट स्थित अवैध रुपमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 


Thali Mobile Pvt.Ltd.