भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मुसा मार्ने विष खाँदा ४ वर्षीय बालिकाको मृत्यु

मुसा मार्ने विष खाँदा ४ वर्षीय बालिकाको मृत्यु

काठमाडौं । गुल्मीमा मुसा मार्ने विष खाँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बिरामी परेकी छन् । इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचौर निवासी सपना सुनारकी ४ वर्षकी छोरी प्रिन्साको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।सँगै विष खाएकी बसुन्धरा सुनारकी ५ वर्षकी छोरी दिब्सीका गम्भीर बिरामी परेकी छन् ।

आमाहरू सपना र बसुन्धराले कोदो रोप्न जाँदा बारीमा बालिकाहरूलाई पनि लगेका र उनीहरूले खेल्ने क्रममा फोहोरसँगै बारीमा फालिएको मुसा मार्ने औषधि भेटेर खाएको पाइएको प्रहरीले जनाएको छ ।

विष खाएको पाइएपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याएकोमा प्रिन्साको उपचारकै क्रममा ज्यान गएको हो ।

 


Thali Mobile Pvt.Ltd.