भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

वर्षाका कारण भारतमा एकैदिन २२ जनाको मृत्यु

वर्षाका कारण भारतमा एकैदिन २२ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका ६ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।

बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । मनसुनी भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढीबाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.