भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

६० प्रकारका अवैध सामान सहित पोखरामा एक पक्राउ

६० प्रकारका अवैध सामान सहित पोखरामा एक पक्राउ

पर्वत । विभिन्न सामानहरू र गाडीसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ६० प्रकारका अवैध सामान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले भाडामा लिएको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा बिल नभएको अवैध सामानहरू र ग २ च ३७२ नं को मारुती कारसहित बरामद गरेको हो। बरामद भएका सामग्रीहरूको अनुमानित मूल्य पाँच लाख २८ हजार रुपैयाँभन्दा बढी रहेको जनाएको छ।

पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक घर भई हाल पोखरा महानगरपालिका–४ बागलुङ बसपार्कमा बस्दै आएका ५६ वर्षीय सुरत बहादुर रानाभाट पक्राउ परेका हुन्।

रानाभाटले बागलुङ बसपार्कमा नै घर भाडामा लिएर स्रोत नखुलेका चुरोट, गुट्का, जुस लगायतका अवैध सामग्रीहरूको बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

 


Thali Mobile Pvt.Ltd.