भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

ऋषिनी प्रवज्यामा ९५ जना महिला सहभागी

ऋषिनी प्रवज्यामा ९५ जना महिला सहभागी

काठमाडौं । लुम्बिनीमा अल्पकालीन ऋषिनी प्रवज्या सम्पन्न भएको छ । तथागत गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा राजकीय थाई विहार, लुम्बिनी र विश्व शान्ति विहार, काठमाडौंको संयुक्त आयोजनामा प्रवज्या सम्पन्न भएको हो । उक्त प्रवज्यामा ९५ जना महिला सहभागी भएका थिए ।

चौथो पटक भएको प्रवज्याले विश्वमा बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास लिईएको छ । थेरवाद बौद्ध परम्परा अनुसार सहभागी महिलाहरूलाई प्रवज्या गरेर ८ दिनसम्म बौद्ध दर्शन र विपश्यना ध्यान भावना गराईएको थियो । थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोट र विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले धर्म देशना गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.