भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविराम

इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविराम

एजेन्सी । इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ । इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविरामको सम्झौता भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक घोषणा गरेका हुन ।

सम्झौता अनुसार इजरायली सेना ६० दिनभित्र लेबनानबाट फर्किनेछ भने हिजबुल्लाहका लडाुकुले इजरायली सिमासँग जोडिएको लेबनानको दक्षिणी क्षेत्र छोड्नेछन् । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेनाले सुरक्षा दिनेछ । लेबनानमा गरिएको युद्धविरामले गाजापट्टीमा जारी इजरायलको युद्धलाई भने असर नगर्ने बताइएको छ ।

युद्धविराम सम्झौता हुनुभन्दा केही घण्टा अघिमात्रै इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा व्यापक हवाई हमला गरेको थियो । इजरायली सेनाले लगभग दुई महिना अघि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो ।

 


Thali Mobile Pvt.Ltd.