इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविराम

इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविराम image

एजेन्सी । इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ । इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविरामको सम्झौता भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक घोषणा गरेका हुन ।

सम्झौता अनुसार इजरायली सेना ६० दिनभित्र लेबनानबाट फर्किनेछ भने हिजबुल्लाहका लडाुकुले इजरायली सिमासँग जोडिएको लेबनानको दक्षिणी क्षेत्र छोड्नेछन् । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेनाले सुरक्षा दिनेछ । लेबनानमा गरिएको युद्धविरामले गाजापट्टीमा जारी इजरायलको युद्धलाई भने असर नगर्ने बताइएको छ ।

युद्धविराम सम्झौता हुनुभन्दा केही घण्टा अघिमात्रै इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा व्यापक हवाई हमला गरेको थियो । इजरायली सेनाले लगभग दुई महिना अघि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.