भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

नौ वटा संस्थाहरुलाई अनुमति उपनिर्वाचनको पर्यवेक्षणका लागि अनुमति

नौ वटा संस्थाहरुलाई अनुमति उपनिर्वाचनको पर्यवेक्षणका लागि अनुमति

काठमाडौं । निर्वाचन आयोगले नौ वटा संस्थाहरुलाई अनुमति दिएको छ । स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि आयोगले नौ संस्थालाई अनुमती दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्थाले निर्वाचन सम्पन्न भएको मितिबाट ३० दिनभित्र आयोगमा प्रतिवेदन पेस गर्न आग्रह गर्नुभयो ।

साथै प्रतिवेदन प्राप्त भएपछि निर्वाचन व्यवस्थापन सुधारका लागि दिइएका सुझाव क्रमशः कार्यान्वयन गर्दै लैजाने पनि आयुक्त थपलियाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगले गएको कात्तिक २६ गतेको निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो । ती संस्थालाई सकेसम्म सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगले निर्णय गरेको थियो ।

उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घरसंस्था र व्यक्तिहरुसँग पनि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा पर्यवेक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहिताका बारेमा छलफल भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.