भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

उपत्यकामा न्यूनतम तापक्रमको नयाँ रेकर्ड

उपत्यकामा न्यूनतम तापक्रमको नयाँ रेकर्ड

काठमाडौं । उपत्यकामा चिसो बढेको छ। उपत्यकामा न्यूनतम तापक्रम नयाँ रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेसँगै पछिल्ला केही दिनदेखि नयाँ रेकर्ड कायम हुँदै गएको छ । विहान मापन भएको तापक्रम यो वर्षकै कम भएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको भने दिउँसो पनि विराटनगर, जनकपुर र भैरहवा लगायतका स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको जनाएको छ । वर्षा र हिमपातको सम्भवाना नरहेको महाशाखाले जनाएको छ।

यसअघि विहीबार ३ दशमलव ९ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन भएको थियो। काठमाडौंमा माइससम्म तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखामा रेकर्ड छ।

गत वर्ष भने २ दशमलव १ डिग्री सेल्सियसम्म तापक्रम पुगेको थियो। तापक्रम घटेपनि शुक्रबार मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.