भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उपत्यकामा न्यूनतम तापक्रमको नयाँ रेकर्ड

उपत्यकामा न्यूनतम तापक्रमको नयाँ रेकर्ड image

काठमाडौं । उपत्यकामा चिसो बढेको छ। उपत्यकामा न्यूनतम तापक्रम नयाँ रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेसँगै पछिल्ला केही दिनदेखि नयाँ रेकर्ड कायम हुँदै गएको छ । विहान मापन भएको तापक्रम यो वर्षकै कम भएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको भने दिउँसो पनि विराटनगर, जनकपुर र भैरहवा लगायतका स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको जनाएको छ । वर्षा र हिमपातको सम्भवाना नरहेको महाशाखाले जनाएको छ।

यसअघि विहीबार ३ दशमलव ९ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन भएको थियो। काठमाडौंमा माइससम्म तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखामा रेकर्ड छ।

गत वर्ष भने २ दशमलव १ डिग्री सेल्सियसम्म तापक्रम पुगेको थियो। तापक्रम घटेपनि शुक्रबार मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.