भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार

सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्ने उक्त फैसला कार्यान्वयन नर्गन पत्राचार गरेको हो ।

फैसला उपर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दर्ता गरेको पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको विज्ञप्तिमा उल्लेख छ ।

पुनरावलोकनसम्बन्धी निवेदनको अन्तिम किनारा नभएसम्म २० मिटर सीमा कायन गर्ने फैसला कार्यान्वयन स्थगन गर्न भनिएको हो ।गएको पुस ३ गते सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाको बाग्मती र यसका सहायक नदी किनारमा थप ३० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विहीबार विज्ञप्ति निकालेर फैसला तत्काल कार्यान्वयन नगर्न काठमाण्डौ उपत्यकाका सरकारी कार्यालय, पालिका तथा बैंक एवम् वित्तीय संस्थालाई पत्राचार गरेको जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.