भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

जलेर एक महिलाको मृत्यु

जलेर एक महिलाको मृत्यु

सुनसरी । इटहरीमा एक महिलाको मृत्यु भएको छ। आगलागी हुँदा इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको हो।

शनिबार मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी मात्रै जानकारी पाएपनि दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेकी छन् । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएर घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

 


Thali Mobile Pvt.Ltd.