भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु

सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु

काठमाडौं । पोखरामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं ७ बुलौंदीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र २–०३४प ५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा पुगेका थिए।

मृत्यु हुनेमा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन्।

शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.