भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आजको मौसमः मधेश, लुम्बिनी र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना

आजको मौसमः मधेश, लुम्बिनी र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना

काठमाडौं, १९ बैशाख । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो मधेश प्रदेश सहित लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.